Logo

आवश्यक परे संविधान संशोधन-प्रधानमन्त्री ओली



काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अपरिवर्तनशील विषय नभएकाले आवश्यक परेमा संशोधन गरिने बताएका छन् । उनले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने समेत बताए । त्यसका लागि सबै संविधान संशोधनका लागि तयार हुनुपर्ने स्पष्ट पारे ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संविधानविद् विपिन अधिकारीद्वारा सम्पादित अ ट्रिटिज अन दि कस्टिच्युसन अफ नेपाल, २०१५ पुस्तकको विमोचन गर्दै संविधान संशोधन नरोकिने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘न्याय, समानता वा विकासलाई यथोचित् ढंगले परिमार्जन गर्न संविधान संशोधन आवश्यक पर्न सक्छ । त्यो अवस्थामा संविधान संशोधन हुन्छ ।’

संविधान दिवसको पूर्व सन्ध्यामा ओलीले राजनीतिक स्थायित्वको नाममा संविधानको परिवर्तनशीलतालाई रोक्न नसकिने समेत बताए । उनले देश र जनताका लागि आवश्यक पर्दा सबैजना खुला दिमागले संविधान संशोधनका लागि तयार हुनुपर्ने बताए ।-तस्वीरः प्रमको सचिवालय



प्रतिक्रिया दिनुहोस्