Logo

लागूऔषधको बारेमा हेमा मालिनी बोलिन्–‘सबैले बलिउडलाई लक्षित गर्दैछन्’



एजेन्सी, २ असोज । सुशान्त सिंह राजपुतको निधन पश्चात लागु औधषको विषयले बलिउड फिल्म उद्योगमा भुइँचालो आएको छ । अहिले बलिउडमा मात्र नभएर राजनितिमा पनि हलचल ल्याइसकेको छ । यसको सिकार सांसद जया बच्चन भएकी छिन् । उनले अभिनेत्री कंगना रनौट र सांसद रवि किशनलाई निशाना बनाएर विपक्षमा उभिएको कारण हाल आलोचनाको शिकार भइरहेकी छिन् ।

लागुऔषधको विषयमा बलिउड कलाकार हेमा मालिनीले पनि आफ्नो मुख खोलेकी छिन् । हेमा मालिनीले एक अन्र्तर्वाताको क्रममा किन मानिसहरुले बलिउडलाई केवल निशाना बनाइराखेका छन् भन्दै ९९% मानिसहरुले लागूऔषध लिने गरेको खुलासा गरिन् ।

हेमा मालिनीले रवि किशनको सर्मथन गर्दै केही युवाहरु जसले लागूऔषधको प्रयोग गर्छन् उनीहरुलाई बलिउडले सामना गर्नुपर्छ र उद्योगको विरुद्ध गलत चीज बोल्नेलाई रोक्नु पर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो उद्योगको धेरै प्रतिष्ठा छ । विश्वभरका मानिसहरुले उद्योग र कल्चरमाथि अनुसन्धान गर्छन् । कसैले उद्योगमा मरिमेटेर काम गर्छन । तर कोही मानिसहरु उद्योगलाई लागूऔषधको नाम दिनेमा कोशिश गर्दैछन् । यो अस्विकार्य छ ।



प्रतिक्रिया दिनुहोस्