Logo

अधिकृतसम्मको सरुवा रोक्का



काठमाडौं, असोज ३। सरकारले कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवाका सबै प्रक्रिया रोक्का गरेको छ । यही आगामी २४ असोजमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने भएकाले सो अवधिसम्म अधिकृतसम्मका सबै कर्मचारीको सरुवा रोक्का गरिएको हो ।

सो निर्वाचनमा मतदाताका रूपमा कार्यालय सहयोगीदेखि अधिकृतसम्मका कर्मचारी रहन्छन् । त्यसैकारण उनीहरूको सरुवा रोकिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै १ असोजदेखि २४ असोजसम्म सरुवा तथा काजसम्बन्धी सबै प्रक्रिया रोक्का गरिएको जानकारी दिएको हो । सो सूचनाअनुसार उपसचिवदेखि सचिवसम्मको सरुवा प्रक्रिया भने रोकिनेछैन ।

कानुनतः उपसचिवदेखि सचिवसम्मका कर्मचारीलाई ट्रेड युनियन अधिकार छैन त्यसैले उनीहरूले निर्वाचनमा भाग लिन पाउँदैनन् । गत सोमबार मात्रै प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मन्त्रालयहरूलाई पत्र पठाउँदै कर्मचारीको सरुवा नगर्न र भइसकेको भए रमाना नदिन निर्देशन दिएको आजको राजधानी दैनिकमा खवर छ ।

 



प्रतिक्रिया दिनुहोस्