Logo

रेल सपनाको एउटा फड्को



जनकपुरधाम, असोज ३ । ६ वर्षको प्रतीक्षालाई समाप्त पार्दै नेपालको आफ्नै रेल जनकपुर आइपुगेको छ। भारतको जयनगरबाट शुक्रबार मध्याह्न साढे १२ बजेतिर हिँडेको नेपाल रेलवे अपराह्न पौने २ बजे जनकपुर आइपुगेको हो।

रेल विभागका साइट इन्जिनियर विनोद ओझाले विवाह पञ्चमीदेखि सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए। उनका अनुसार एउटा सेटबाट एक पटकमा १ हजार ३ सय यात्रुले यात्रा गर्न सक्नेछन्। दुइटा सेटमा गरी २ हजार ६ सय यात्रुले एक पटकमा यात्रा गर्नेछन्।

जनकपुर–जयनगर रेलमार्गमा सेवा सञ्चालन गर्न इन्जिन र बोगी भारतको मद्रासमा बनाई हाजिपुर–जयनगर हुँदै जनकपुरधामसम्म ल्याइएकोे साइट इन्जिनियर ओझाले बताए। २ थान १६ सय एचपी डेमु रेल सेट ८३ करोड ९३ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको विभागले जनाएको छ। यसमा एउटा ड्राइभिङ पावर कार, एउटा ड्राइभिङ ट्रेलर कार, दुईवटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार छन्। रेलको डिजाइन स्पिड प्रतिघण्टा १ सय १० किलोमिटर छ।अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्