Logo

भायानेटको इन्टरनेट अब इनरुवामा



काठमाडौं, ३ असोज । भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र आईपिटिभी सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै अब आफ्ना सेवाहरु इनरुवामा विस्तार गर्ने भएको छ । इनरुवामा आफ्ना सेवाहरु उपलब्ध गराउन लागि दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको जनाएको छ ।

कम्पनीका अनुसार अब इनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नेछन् । भायानेटले नेपालको पहिलो एफटिटिएच सेवा सन् २०११ मा लन्च गरेको थियो ।

कम्पनीसँग आफ्नै आईपिटिभी सेवा भायाटिभी पनि छ, जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी एच.डी च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि छ । यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्