काठमाडौं, ३ असोज । संविधान दिवसमा विभुषित हुनेहरुको सुचीमा निजामती सेवामा कार्यरतहरुको उल्लेख्य संख्या छ । जसमध्ये सरकारका सातजना सचिव पनि छन् ।
सुप्रबल जनसेवा श्री तृतीयद्वारा विभुषित हुनेको सुचीमा शहरी विकासका मधुसुदन अधिकारी, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका महेन्द्रप्रसाद गुरागाईं र डा. तीर्थराज ढकाल, शिक्षा मन्त्रालयका डा. संजय शर्मा, सामान्य प्रशासनका सूर्य प्रसाद गौतम, निर्वाचयन आयोगका देव कुमारी गुरागाईं र नेपाल प्रज्ञा प्रतिष्ठानका डा. जगत प्रसाद उपाध्याय छन् ।
रक्षा मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ज्ञवाली, अर्थका धनिराम शर्मा, कानुनकी निर्मला अधिकारी भट्टराई, राष्ट्रपति कार्यालयका सनत कुमार दुवाडी र हरिप्रसाद दाहाल, गृहका पुष्कर सापकोटा, ऊर्जाका प्रविणराज अर्याल, संसद सचिवालयका मुरारी महत, भौतिकका सरोजकुमार प्रधान, भुमि व्यवस्थाका जनकराज जोशी छन् ।