काठमाडौं, ४ असोज । भूकम्पले भत्किएको रानीपोखरीमा पाँच वर्षपछि पानी भरिएको छ। भूकम्पपछि पुनःनिर्माणका लागि खाली चौर बनाइएको रानीपोखरीमा पानी भरिएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पोखरीसँगै पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरकोसमेत पुनःनिर्माण भएको छ।
रानीपोखरीको शिलान्यास २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग भएपछि बीचमा यो विवादमा तानिएको थियो। विवादपछि भक्तपुरका कालीगढको सहयोगमा कालोमाटो प्रयोग गरेर पोखरी निर्माण गरिएको हो।
शनिबारबाट रानीपोखरी पुरानै स्वरुपमा देखिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।