Logo

कर्मचारीलाई लाग्यो चुनाव



काठमाडौं, असोज ४ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनकोे निर्वाचनको सरगर्मी सुरु भएको छ। यही असोज २४ गते हुने निर्वाचनका लागि देशभर १ सय ७ निर्वाचन कार्यालय स्थापना भएका छन्।

मतदाता नामावली संकलन अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले जानकारी दिए। महालेखा र महान्यायाधिवक्ताको कार्यालयका मतदाता नामावली प्राप्त भइसकेको उनले बताए। निजामती कर्मचारी ऐन २०४९ र नियमावली २०५० अनुसार निर्वाचनको तयारी भएको हो।

तीन वटा संगठन निर्वाचनको प्रचारप्रसारमा लागेका छन्। नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती०, नेपाल निजामती कर्मचारी युनियन ९संघ० चुनावको तयारीमा जुटेका हुन्। तर, नेपाल मधेसी निजामती कर्मचारी मञ्चलगायत भने विरोधमा उत्रिएका छन्। थ्रेड होल्डका कारण सहभागी हुन नपाउने भएपछि मधेसी कर्मचारी मञ्च विरोध जनाएको हो।

अघिल्लो निर्वाचनमा १० प्रतिशत मत ल्याउने संगठन मात्रै निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले मतदान गर्न पाउनेछन्। कार्यालय प्रमुखबाहेक संघ, प्रदेश, स्थानीय तहमा समायोजन भएका श्रेणीविहीनदेखि आठौं तहका अधिकृतस्तरसम्मका कर्मचारी मतदान सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचनको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा, सर्त र सुविधाको कानुन नबनेकाले समायोजन भएका कर्मचारी मतदानमा सहभागी हुन पाउने जनाएको छ। तर २०७५ पछि लोकसेवा आयोगबाट छनोट भई स्थानीय तहमा पदस्थापना भएका ९ हजार १ सय ६३ कर्मचारी भने मतदानबाट वञ्चित हुने आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्