काठमाडौं, ५ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ११ सय ५४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६ सय ७४ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ९ हजार ५ सय ३३ जनाको पिसीआर परिक्षणमा १३ सय ५४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा १००५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ४७ हजार २ सय ३८ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ५३८ जना र ललितपुरका ६२ जना र भक्तपुरका ७४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ६५ हजार २ सय ७६ पुगेको छ ।