Logo

यी हुन् सँसारकै १०० प्रभावशाली व्यक्तिहरु (टाईमले छानेको सुचीसहित)



एजेन्सी, ७ असोज । टाइम म्यागजिनले संसारका सय जना प्रभावशाली व्यक्तिको छनोट गरेको छ । टाइमद्वारा जारी गरिएको सुचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, टेनिस खेलाडी नाओमी ओसाका, कलाकार सेलिना गोमेजलगायत छन् ।

उनीहरु प्रभावशाली हुनुको कारण समेत खुलाइएको छ । नेता, कलाकार, आइकनलगायत विधा समेत समावेश गरी उनीहरुबारे छुट्याइउको छ ।

टाइमले छानेको सय जनाको नाम यस प्रकार छः

मेगान थि स्ट्लियन, जोन एन्टेटोकौंम्पो, इबराहिम केन्डि, नेथन, टोमी एडीयमी, क्रिस्टिना कोच र जेसिका मेयर, जूली ब्राउन, सिसिलिया मार्टिनेज माया मोरे, चेज स्ट्रन्जियो, झांग यांगजेन, टोरमलिन, वाद अल खातेब, अबुबाकार टाम्बाडोउ, ग्याब्रियला क्यामेरा, क्यामिला रोथ, रेबेका गोमपर्टस्, रबिन्द्र गुप्ता, लौरेन गार्डनर, सी झेंगली, सीयोरी इतो रहेका छन् ।

कलाकारमध्ये टि विकेन्ड, अली वांग, मिसेल जार्डन, सेलेना गोमेज, जे वालवीन, जोजो सीवा, हालसे, फोएबे बालर ब्रिज, जेनिफर हडसन, यो यो मा, ड्यापर ड्यान, एनियस मिसेल, माइकल कोल, बोंग जुन हो, लासटेसिस, जुली मेगरेतु, आयुस्मान खुराना ।

नेताहरुमा एनथोनी फाउची, कमला ह्यारिस, साई इंग वेन, जोन रार्बटस्, सी जीन पिङ, डोनाल्ड ट्रम्प, सीजर, एनजेला मोर्कल, जो विडेन, जायर वोल्सोनारो, न्यानसी पेलोसी, नरेन्द्र मोदी, विलियम बार, एनी हिडाल्गो, टेड्रस आधानोम गिब्रेयसस, म्यारी के हेन्री, नेमोन्टे, नेनक्युमो, उरसुला वोन डर लियन, जंग इयुन क्युओंग, बोनजी क्यासटिलो, जीन ज्याक मुएमबे तामफम, युसेफ एल ओटाइबा।

टाइटन्समध्ये ग्याब्रियला युनियन, ड्येन वेड, सुन्दर पिचाई, टाइलर पेरी, म्याकेन्जी स्कट, रोर्बट स्मीथ, लुइस ह्यामिल्टन, जेरम पाउबेल, एरिक युआन, प्याटरिक माहोम्स, क्लाइरे बाबीन्युक्स फन्टेनट, गर्ग बरलेन्टी, सारी रेडस्टोन, टोनी एलूमेलू, झोंग नानसांग, क्रिस्टालिना जर्जगिभा, लिसा निसिमूरा, जनरल चाल्र्स ब्राउन जुनियर, ड्यानियल झांग, ग्वाइन सोटवेल, टुन्जी फुन्सो रहेको छन् ।

आइकनहरु एमी ओ सुलिभन, ब्लयाक लिभ्स म्याटरका संस्थापक एलिसिया गार्जा, प्याट्रिसि कुलर र ओपल टोमेटी, एडी बारकन, बिलि पार्टर, नाउमी ओसाका,एन्जेला डेभिस, ची चिया वे, मेगन र्यापिनोइ, फिलिप निटो, एलिसन फेलिक्स, सिस्टर नोर्मा पिमेन्टद, डेभिड हिल, एरुसी उन्डा, नुरी टुरकेल, लिना एटालाह, विलकिस रहेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्