हिन्दु पंचाग अनुसार प्रत्येक महिनामा पाँच यस्ता दिन आउँछन् जसको अलग महत्व हुन्छ, जसलाई पञ्चक भनिन्छ । प्रत्येक महिनामा पन्चक फरक फरक हुन्छ । कुनै महिनामा परेको पञ्चकमा शुभ कार्य गर्नुहुँदैन । यस महिनामा १२ गते सोमबार धनिष्ठा नक्षत्रका प्रारम्भ हुनेछ । यस पञ्चकको नाम राज पञ्चक हो ।
पञ्चक के हो र किन लाग्छ ?
ज्योतिष शास्त्र अनुसार चन्द्र ग्हको धनिष्ठा नक्षत्रको तृतीय चरण र शतभिषा, पुर्वाभाद्रपद, उत्तराभाद्रपद तथा रेवती नक्षत्रको चार चरणमा भ्रमण काललाई पञ्चक काल भनिन्छ । यस समयमा चन्द्र ग्रहका कुम्भ र मीन राशीमा भ्रमण पन्चकको जन्म दिन्छ । शतभिषा, पुर्वाभाद्रपद, उत्तरा भाद्रपद तथा रेवती नक्षत्र र धनिष्ठा यी नक्षत्रको मेलले बनेको विशेष योगलाई पञ्चक भनिन्छ ।
पन्चक नक्षत्रको प्रभाव
- पन्चकमा पराल र काठबाट अग्निभय, चोरभय, रोगभय, राजभय, धनहानी हुन सक्छ ।
- धनिष्ठा नक्षत्रमा अग्नि भय रहन्छ ।
- शतभिषा नक्षत्रमा कलह हुने सम्भावना रहन्छ ।
- पुर्वाभाद्र पद नक्षत्रमा रोग बढ्ने सम्भावना हुन्छ ।
- उतरा भाद्रपदमा धनको रुपमा दण्ड हुने सम्भावना हुन्छ ।
- रेवती नक्षत्रमा धन हानीको सम्भावना रहन्छ ।
यी काम पन्चक नक्षत्रमा गर्नुहुँदैन
- मरेको शरीर जलाउन
- काठ खरिन गर्न
- घरमा छल राख्न
- पलगं वा ओछ्यान बनाउन
- दक्षिण दिशातिर यात्रा गर्न
- कुनै शुभ र मांगलिक कार्य गर्न
पन्चकको समयमा कोही व्यक्ति मरेमा परिवारको ५ जना व्यक्तिको मृत्यु हुन्छ । पन्चकमा मरेका व्यक्तिको शान्तिको लागि गरुड पुराणमा पनि उपायहरु दिइएको छ । धार्मिक ग्रन्थको सहयोगमा