Logo

महालक्ष्मी नगरका प्रमुख श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा दोस्रोपटक कोरोना सङ्क्रमण



ललितपुर, १० असोज। महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहनुभएको श्रेष्ठले जानकारी गराउनुभयो ।

यस्तैगरी, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उहाँहरुले स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल महर्जन दम्पति होम आइसोलेसनमा रहेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।” यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्