Logo

अब बलात्कारीलाई फाँसी दिनुपर्छ : महर (फोटोफिचर)



मुकुन्द कालिकोटे : काठमाडौं, १० असोज । अनेरास्वयुका संयोजक ऐन महरले बलात्कारीको लिङ्ग क्षदन गर्ने कानुन बनाउनु पर्ने बताएका छन् ।
आज माईतीघर मण्डलामा बझाङकी १२ वर्षीया बालिका सम्झना बिकको बलात्कारपछि हत्या भएको विरोधमा संयुक्त दलित युवा संघर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै संयोजक महर भने,”बलात्कार वा बलात्कारीपछि हत्या गर्ने उपर अब राज्यले कडा कनून ल्याएर एक्सनमा जानुपर्छ र कानुनमा बलात्कारीलाई फाँसीको सजाय वा उसको लिङ्ग क्षदन गर्ने हुनुपर्छ ।”

संयोजक महरले सरकारले पछिल्लो समयमा जसरी एसिड प्रहार गर्नेलाई कडा कानुन ल्यायो त्यो राम्रो काम गर्यो, अब सरकारले बलात्कारीहरुलाई पनि फाँसी वा लिङ्ग क्षदन नै हुने कानुन ल्याउनुपर्ने दावी गरे । महरले अपराधीलाई अपराधिकै रुपमा हेरिनुपर्छ, बलात्कारपछि हत्या गर्ने जघन्य अपराधमा मानवअधिकारको प्रश्न उठाएर नहुने भन्दै कानुन बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘यस्ता खालका घटनाहरुलाई न्युनिकरण गर्दै सून्यतामा ल्याउनुपर्छ ।” तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्