Logo

सेनाले सुरु गर्‍यो कंगो घटनाको अनुसन्धान



काठमाडौं, ११ असोज । कंगोमा नेपाली सेना कुटिएको घटनाको नेपाली सेनाले छानबिन सुरु गरेको छ ।  अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटना सार्वजनिक भएपछि सेनाले छानबिन थालेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारीदिए ।

शान्ति स्थापनार्थ कंगोमा तैनाथ जवानले अनुशासन पालना नगरेको भन्दै कुटपिट भएको घटना सार्वजनिक भएको हो । सैनिक प्रवक्ता पौडेलका अनुसार सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृतमाथि छानबिन सुरु भएको छ ।

उक्त घटनाको छानबिनका लागि सेनाले सेनानीको नेतृत्वमा छानबिन सुरु गरेको प्रवक्ता पौडेलको भनाइ छ । अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा भएको बताइएको छ । प्रवक्ता पौडेलले अनुसन्धानपछि मात्र घटनाको यथार्थ थाहा हुने बताएको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्