Logo

सिराहाको नवराजपुरमा नाचको विषयमा विवाद हुँदा प्रहरी चौकी घेराउ



लहान, १२ असोज । सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर – ४ नहरनियामा राती नाच नचाएको भन्दै झाझपट्टि प्रहरीले जसपाका संजिब कुमार यादवलाई पक्राउ गरेपछि स्थानीय आन्दोलित बनेका छन् ।

सिमा प्रहरी चौकी झाझपट्टीको प्रहरी टोलीले जसपाका संजीव कुमार यादबलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय महेशपुर पतारीमा बुझाएका छन् । पक्राउ परेका यादबलाई रिहाई को माग राख्दै स्थानीयले अहिले सिमा प्रहरी चौकी झाझपट्टी घेराउ गरेका छन् । घेराउ गर्नेहरु प्रशासनको दमनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

जनता समाजवादी पार्टी जसपा का नेता एवम् जसपा नवराजपुर गाउँपालिका का अध्यक्ष शिव उदगार यादब ९शिवा० ले प्रहरीले नाच नचाएको भन्दै महिला र बालबालिकालाई घरमा पसेर कुटपिट गरेको आरोप लगाए । उनले नाच कार्यक्रम नै नभएको तर प्रहरीले दमन गर्नुका साथै एक जनालाई पक्राउ गरेपछि सिमा प्रहरी चौकी घेराउ गर्न बाध्य भएको खबर आजको समाचारपत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्