Logo

शेखर भन्छन्, हामीले प्रश्‍न गर्ने कि भागबन्डा खोज्‍ने ?



काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संवैधानिक नियुक्तिको पारदर्शिता र स्वच्छताका लागि दबाब दिने र प्रश्‍न गर्नेतिर भन्दा पनि भागबन्डा खोज्‍नेतिर पार्टी नेतृत्व अल्झिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्।

कोइरालाले आइतबार ट्‌वीट गर्दै यस्तो असन्तुष्टी व्यक्त गरेका हुन्। उनले संवैधानिक परिषद्को पूर्णता र संवैधानिक नियुक्तिको स्वच्छताका लागि दबाब दिनुको सट्टा पार्टी नेतृत्व भागबन्डातिर अल्झिएको बताएका छन्।

उनले ट्‌वीटमा लेखेका छन्, नेपाली कांग्रेसले बिभिन्न संवैधानिक आयोगहरुमा भागबण्डा खोज्नुभन्दा संवैधानिक परिषदको उपसभामुखको निर्वाचन पुर्णतामा दवाव दिनुपर्ने होइन ररु परिषद सदस्य समेत रहेको उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहॅदा प्रतिपक्ष, बुद्धिजीवीहरू र कानुन व्यवसायी किन मौनरुु

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका विभन्‍न संवैधानिक निकाय र आयोगमा गरी तीन दर्जनभन्दा बढी पद रिक्त छन्। त्यसका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँगसमेत भागबन्डा मिलाउनुपर्ने भएकोले ढिलाइ भएको बाहिर आएपछि भागबन्डामा अल्झिएर प्रमुख प्रतिपक्षको भूमिका कमजोर नबनाउन पार्टीभित्रैबाट पार्टी नेतृत्वलाई दबाब दिइएको छ।

संवैधानिक परिषद्‌मा सदस्य रहने उपसभामुख पद लामोसमय देखि रिक्त छ। उपसभामुख विपक्षी दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ। विपक्षीलाई दिनुपर्ने भएपछि सरकार उपसभामुखको निर्वाचनका लागि उदासिन देखिएको आरोप विपक्षीले लगाउँदै आएको छ।

प्रधानमन्‍त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, प्रमुख प्रतिपक्षी नेता, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख सदस्य रहने व्यवस्था छ। उपसभामुख पनि विपक्षीबाट हुँदा संवैधानिक परिषद्‌मा आफू अनुकुल निर्णय लिन सरकारलाई सहज नहुने भएपछि उपसभामुख रिक्त राखिएको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्