Logo

ब्याजमा १५ प्रतिशतसम्म छुट दिंदै सहकारी



काठमाडौं, १२ असोज । वैधानिक ‘साहुकारी’को आरोप खेप्दै आएका सहकारी कोरोना भाइरस कोभिड १९ का संकटमा उदार देखिएका छन्। तिर्नुपर्नै ब्याजको १५ प्रतिशतसम्म छुट दिएर सदस्यलाई सहुलियत दिएका छन्। यसका साथै ७० दिनसम्म बिना ब्याजमा १५ हजारसम्म ऋण दिनुका साथै सिंगल डिजिटमै ऋण दिएर सदस्यलाई व्यवसायिक बनाउन लागिपरेका छन्।

चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले असार मसान्तसम्म ऋण तिर्ने सदस्यलाई ब्याजमा लाग्ने रकमो १५ प्रतिशत छुट दिएको बताए। ‘यस अवधिमा कसैलाई जरिवाना लिएका छैनौं’, उनले भने, ‘सावाँमा छुट दिन नसकिए पनि ऋण तिर्नेलाई ब्याजमा छुट दिएका छौं।’

सदस्यलाई २८ लाख ब्याज छुट दिएको उनले जानकारी दिए। चन्द्रागिरीका १३ हजार सदस्य छन्। त्यसमध्ये ऋण लिनेको संख्या दुई चार सय ८८ छन्। पोखराको रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले कोरोनाको संकटमा कुनै पनि ऋणी सदस्यबाट हर्जनावापतको रकम नलिइएको बताए। ‘असार मसान्तसम्म ब्याज तिर्ने सदस्यलाई १० प्रतिशतसम्म ब्याज छुट दिएका छौं’, उनले भने।

एक हजार १० जनालाई ६३ लाख ४३ हजार रुपैयाँ छुट दिएको गुरुङले बताए। रोयलका ७ हजार पाँच सय जना सदस्य छन्। त्यसमध्ये ऋण लिएका एक हजार ३० मध्ये २० जनाले ब्याज तिर्न नसकेका कारण छुट नपाएको उनको भनाइ छ। विन्धवासिनी बचत तथा सहकारी संस्थाका म्यानेजर केबी लामाले सदस्यको आर्थिक हैसियत हेरी ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याज छुट दिएको बताए। संस्थाका ३७ हजार ८४१ सदस्य छन्। त्यसमध्ये ऋण लिनेको संख्या ११ हजार छ।

गत आर्थिक वर्षसम्म ऋण तिर्ने सदस्यलाई १ करोड २३ लाख ५५ हजार रुपैयाँ व्याज छुट दिइएको म्यानजर लामाले बताए। ‘ब्याज नतिर्ने १५ जना बढी छन्’, उनले भने,‘उनीहरुले ब्याज छुट पाएनन्।’ बिन्धवासिनीले अति समस्यामा परेका सदस्यलाई २५ हजारसम्म दश प्रतिशतमा कोभिड १९ सहुलियत ऋण प्रदान गरेको छ। खान, बस्न समस्यामा परेका ३० जनाले यस्तो ऋण पाएका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्