Logo

विद्युतीय भुक्तानीमा आकर्षण बढ्दो



काठमाडौं, असोज १२। भुक्तानीको माध्यम क्रमशः डिजिटलाइज्ड हुँदै गर्दा नेपालमा पनि ईकमर्श कारोबारमा आकर्षण बढेको छ । ईकमर्श अर्थात् इन्टरनेटको प्रयोगबाट हुने वस्तु तथा सेवा किनबेचबापत भुक्तानी गर्ने प्रक्रियामा गत साउन महीनामा मात्रै १ लाख ६८ हजार ६२७ पटक कारोबार गरेका छन् । यस्तोे कारोबार रकम भने रू। १ अर्ब २० करोड बराबरकोे छ ।

नेपाल राष्ट्र बैंकले पहिलोपटक यस्तो तथ्यांक सार्वजनिक गरेको हो । साथै, विद्युतीय भुक्तानी माध्यममध्ये सबैभन्दा बढी कारोबार वालेटबाट भएको छ । साउनमा मात्रै १ करोड १ लाख ७७ वालेट कारोबारमार्फत रू ७ अर्ब ५७ हजार बराबरको भुक्तानी भएको छ ।

ईकमर्शमार्फत भएको भुक्तानीमा डेविट कार्ड, क्रेडिट कार्ड, पिन कार्डको नम्बरबाट ईकमर्श शीर्षकमा भुक्तानी गरेका सबै कारोबारलाई समेटेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्