Logo

अतिक्रमणविरुद्ध आक्रामक बन्दै काठमाडौं महानगरपालिका



काठमाडौं, असोज १४ । काठमाडौं महानगरपालिकाले नगरक्षेत्रका विभिन्न भागमा अतिक्रमण गरी बनाइएका विभिन्न संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ ।

सोही अभियानअनुसार महानगरपालिकाले मंगलबार राजधानीको मैतीदेवी मन्दिरको पछाडि रहेको राजकुलोको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू पूर्ण रूपमा नष्ट गरेको छ ।

महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले अतिक्रमण हटाएर जग्गा खाली गरेको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा महालेखापरीक्षकको कार्यालयले पनि जिल्ला प्रशासन कार्यालय, महानगरपालिकालगायतका निकायलाई पत्राचार गर्दै अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन निर्देशन दिएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले राजधानीका अन्य स्थानमा पनि सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाइने जानकारी दिए । स्थानीयको उजुरीका आधारमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्