सुर्खेत, असोज १५। सुर्खेतबाट विभिन्न गन्तव्यमा यातायातका साधन सञ्चालनमा आए पनि यात्रुको संख्या न्यून रहेको पाइएको छ । सुर्खेतमा सवारीसाधन सञ्चालन भएको दुई हप्ता पुग्नै लाग्दा समेत सवारीसाधन रित्तोप्रायः चलेका छन् ।
सरकारले सवारीसाधनको कुल क्षमताको आधा यात्रु राखेर चलाउन दिने निर्णय गरे पनि तोकिएको क्षमता भन्दा न्यून यात्रुहरू हुने गरेको यातायात व्यवसायी बताउँछन् । सुर्खेतका यातायात व्यवसायी रमेशकुमार सापकोटाले यात्रु नै नभएपछि आपूmहरू निराश भएको गुनासो गरे । ‘बस त चले, तर यात्रुहरू चढ्न अप्ठ्यारो मान्छन् । निर्बाध यात्रा गर्ने वातावरण मिलेको छैन,’ उनले भने, ‘सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउँदा गाडीको किस्ता तिर्न नसक्ने अवस्था छ ।’
सापकोटाका अनुसार सुर्खेतबाट चल्ने लामो मात्रै नभई छोटो दूरीका सवारीसाधनले समेत यात्रु पाउन सकेका छैनन् । ६ महीना लामो लकडाउन खुले पनि सवारीसाधनमा चढ्ने मानिसको चहलपहल नहुँदा लगानी डुब्ने चिन्ता बढेको उनले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।