Logo

कुवेतका नयाँ अमिरको सपथ ग्रहण सम्पन्न



१५ असोज: कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ ग्रहण गरेका छन् ।

सरकारको आपतकालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुवेती अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो । उनी ९१ वर्षका थिए।

कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा वा पदत्याग गरेमा उनका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने परम्परा छ ।

तर, नयाँ अमिरको घोषणा भएपनि संसद समक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ ।

स्वर्गीय अल–सबाह जनवरी २००६ मा कुबेतको अमिर बसेका थिए । त्यसअघि कुबेतमा शेख जाबेर अल–सबाह अमिर थिए ।–एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्