Logo

उपत्यकामा एकैदिन ९४३ जना कोरोना संक्रमित थपिए



काठमाडौं,  १५ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १९ सय  ११ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय ४३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १२ हजार  ४ सय  ४४  जनाको पिसीआर परिक्षणमा  १९ सय  ११ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ९६१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५७ हजार ३ सय ८९  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ८१७  जना र ललितपुरका ६८ जना र भक्तपुरका ५८  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  ७९ हजार  ७ सय २८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्