Logo

लोकसेवाको नक्कली परीक्षा संचालन गर्ने गिरोह पक्राउ



पर्सा, १५ असोज । लोकसेवा आयोगको नक्कली परीक्षा संचालन गरेको अभियोगमा अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा बारा जितपुर सिमराका राय सहित ८ जना परिक्षा संचालन गर्दै गरेको अवस्थामा पोशाकसहित पक्राउ परेका हुन् ।

वीरगंज महानगरपालिका कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा संचालन भईरहेकोे खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रायले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई परीक्षा संचालन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । साथै उक्त परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको भेटिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्