Logo

प्रलोभनमा पारी महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ



सुनसरी, १५ असोज । प्रलोभनमा पारी महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सप्तरी कृष्ण सवरन बनौलीका महम्मद साहिल मन्सुरी र सिरहा लहान कटाहका जिवछकुमार साह रहेका छन् । स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर वोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले भारत सुपौल भिमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसे वापत पारिश्रमिक पाउने, कुनै दुःख विमार भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनि प्रलोभनमा पारी ललाई फकाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्