Logo

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ



ललितपुर, १५ असोज । महिलालाई कुटपिट गरी घाइते बनाएका वीरेन्द्र मल्ललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ३३ बर्षीया महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने कैलाली घर भएका मल्ल पक्राउ परेका हुन् ।

ती महिलालाई मल्लले ४ महिना अगाडिदेखि विबाह गर्छु भनि राखेकोमा गर्भवती भएको थाहा पाएपश्चात ललितपुरमा कुटपिट गर्दा बच्चा खेर गएको तथा महिला घाइते भएकी थिइन् । जानकारी पाउना साथ प्रहरीले मल्ललाई पक्राउ गरेको जनाएको छ । घाइते महिलाको सुमेरु सिटी अस्पताल पुल्चोकमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्