Logo

सेतो वस्त्र लगाउनुको धार्मिक अर्थ



सेतो कपडालाई हरेक दृष्टिले शुभ मानिन्छ तर हिन्दु धर्मालम्बीमा मांगलिक कार्यमा सेतो कपडा लगाउन मनाही छ । प्राचीनकालमा सबै किसिमका मांगलिक कार्यमा सेतो रंगको उपयोग हुन्थ्यो ।

पुरोहित वर्गले यस्ता वस्त्र लगाएर यज्ञ गर्थे । सबै भन्दा शुभ रंग सेतो मानिएको छ । सेतो कपडामा लक्ष्मी सधै निवास गर्छिन् । २०–२५ वर्ष पहिले लाल रंगमा सजिएकी दुलहीलाई सेतो ओढनी ओढाउने चलन थियो । यसको मतलब नयाँ घरमा दुलहीले पहिलो कदम राख्ने हुनाले लक्ष्मीको वास हुने विश्वास थियो ।

पतिको निधन पछिः यदि कसैका पतिको निधन भएमा उसलाई विधवा र कसैको पत्नी मरेमा उसलाई विदु्र भनिन्छ । शास्त्रको अनुसार पतिको मृत्यु भएको दिनमा सबै रंग त्यागेर सेतो रंगको सारी लगाउनु पर्छ, र कुनै पनि प्रकारका श्रंगार र आभुषण गर्नु हुँदैन । स्त्रीले उसको पतिको निधनपछि केहि वर्ष सम्म केवल सेतो मात्र कपडा लगाउनु पर्छ र त्यसपछि रंग परर्वतन गर्न चाहेमा हलका रंगका कपडा लगाउन सक्छन्ं ।

सम्बन्ध बिच्छेद र पुर्नविवाहः हिन्दु धर्ममा सम्बन्ध बिच्छेद वा पतिको निधनपछि फेरी अर्को विवाहको बारेमा स्पष्ट निर्देशन दिएको छैन् । तर विवाहको बारेमा महत्वपुर्ण कुरा बताइएको छ । विवाह कहिले, कोसँग र कसरी गर्ने त्यो बारेमा सोचेर गर्नु पर्दछ । विवाह गर्दा दुवै पक्षको कुन्डली राम्रोसँग जुधाएर मात्र गर्नुपर्छ । यसरी विवाह गर्दा वैवाहिक जिन्दगीमा व्यवधान आउँदैन । तर वर्तमान समयमा विवाह र प्रेम धेरै सजिलो प्रक्रियाबाट बनाएको छ भने सम्बन्ध बिच्छेद गर्दा निकै कठिन तरिका अपनाउन पर्छ । जबकी यसको ठिक उल्टो हुनुपर्छ तब सम्बन्ध बलियो हुन्छ ।

सेतो वस्त्र लगाउनुको कारण

पहिलो कारणः वास्तवमा सेतो रंगलाई अनुपस्थित रंग मानिन्छ अर्थात जसको जीवनमा कुनै रंग हुँदैन । महिलाको पतिको निधन हुनु उनको सबैभन्दा ठुलो घटना हो । त्यसकारण उनको बाकी जीवनमा कुनै रंग छैन् ।

दोस्रो कारणः सेतो साडी लगाउदा महिलाको फरक पहिचान बन्छ, सबै मानिसले उनी प्रति संवेदना राख्छन् । यस्तो मनोवैज्ञानिक प्रभाव पर्ने हुुनाले सामाजिक सुरक्षाको दायरमा रहन्छिन् ।

तेस्रो कारणः सेतो रंगले विधवा स्त्रीलाई आत्मविश्वास र बल प्रदान गर्छ । उनले कठिन परिस्थितीलाई पार गर्न सक्छिन् । सेतो कपडाले मन शान्त र सात्विक बनाउछ ।

चौथो कारणः महिलाको ध्यान भट्कने कारणले पनि सेतो कपडा लगाउन भनिएको हो । किनकी रंगिन कपडामा मानिसहरु भौतिक सुखतीर तानिन सक्छन् । एक महिलाले भौतिक सुख पाउन कठिन भएकोले पनि यसकुराबाट बच्न विधवालाई सेतो कपडा लगाउन भनिएको हो ।

पाँचौ कारणः शास्त्र अनुसार पतिलाई परमेश्वर भनिन्छ र परमेश्वरको जीवन समाप्त भएमा महिलाले पनि संसारको माया–मोह छाडेर भगवानमा मन लगाउनु पर्छ ।

छैठौ कारणः छोरा वा छोरीको जन्म भइसेकेर वा त्यसपछि पतिको निधन भएमा दोस्रो विवाह नगरेमा छोरा छोरीको जीवनमा विपरित वा प्रतिकुल असर पर्दैन । उनीभित्र नैतिकता र आफ्नो पिता प्रतिको जिम्मेवारी र संवेदनाको भाव उत्पन्न हुन्छ । यसलाई एक इमान्दार प्रयास मानिन्छ । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्