Logo

सहयोगीलाई कोरोना संक्रमण भएपछि ट्रम्प क्वारेन्टाइनमा बस्ने



एजेन्सी, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगीलाई कोरोना भाइरसको संक्रमण भएको छ । आफ्नो सहयोगी होप हिक्सलाई संक्रमण भएपछि ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प क्वारेन्टाइनमा बस्ने भएका छन् ।

ट्रम्पले ट्वीटमार्फत् हिक्सलाई संक्रमण भएको जानकारी गराएका थिए । उनले आफू र मेलानियाले परीक्षण गराएको र नतिजा कुरिरहेको जानकारी दिए । उनले आफूहरु क्वारेन्टाइन प्रक्रियामा रहेको समेत जानकारी दिए ।

पछिल्लो समय ट्रम्प राष्ट्रपति निर्वाचनका लाग व्यस्त छन् । उनी दोस्रो कार्यकाल निर्वाचित हुन सक्रिय भएका हुन् ।-
तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्