Logo

बलात्कारका घट्नाका दोषीलाई कस्तो कारबाही हुनुपर्छ ? सरोकारवालाहरुसँग पत्रकार धमलाको बहस (भिडिओसहित)



काठमाडौं, १६ असोज । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी, राष्ट्रियसभा सदस्य तथा नेकपाकी नेतृ कोमल वली र नेपाल प्रहरीका प्रवक्ता कुवेरसिंह कडायतसँग पत्रकार ऋषि धमलाले बलात्कारका घट्ना किन बढे ? दोषीलाई कहिले कारबाही हुन्छ ? भन्नेबारे बहस गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनीहरुले अपराधीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्नेमा जोड दिएका थिए । अन्सारीले अधिकांश घट्नामा अनुशन्धान अधिकृतहरु नै दोषी देखिएको कडा आरोप लगाएकी छिन् । बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भनेर आवाज उठ्न थालेको सुनाउँदै पत्रकार धमलाले अब तपाईँहरु त्यतातिर जान लाग्नुभएको हो ? भनेर सोधेको प्रश्नमा सांसद वलीले भनिन्,‘यस्तै घट्ना बढ्दै गए संविधान संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्