Logo

‘शंकरदास वैरागी राम्रो मान्छे हो, उहाँ मुख्यसचिव हुँदाखेरि केही खराब छैन्’ : पूर्व मुख्यसचिव डा. कोइराला



पूर्व मुख्यसचिव डा. विमल कोइरालाले सरकारले पछिल्लो समय गरिरहेको नियुक्तीहरुमा आफ्नो विरोध व्यक्तिमा भन्दापनि विधिमा भएको जिकिर गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मुख्यसचिव कोइरालाले यस्तो बताएका हुन् । ‘अहिले जसरी मुख्यसचिवमा शंकरदास वैरागी आउनुभएको छ, हिजो उहाँलाई ल्याईएको छ । त्यसमा तपाईँको प्रतिक्रिया के छ ?’ भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘विधिमा अब के भन्दाखेरि भईरहेको मुख्यसचिवलाई राजीनामा गराएर अनि अर्को मुख्यसचिव लिएर आउनु त्यो विधि ठिक भएन तर व्यक्ति ठिकै हो ।’ प्रस्तुत छ पूर्व मुख्यसचिव कोइरालासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय सरकारले नियुक्तिहरू गरिरहेको छ, त्यसमा तपाईँको विमत्ति छ कि छैन ?

विमत्ति मेरो विधिमा मात्रै हो, व्यक्तिमा छैन ।

अहिले जसरी मुख्यसचिवमा शंकरदास वैरागी आउनुभएको छ, हिजो उहाँलाई ल्याईएको छ । त्यसमा तपाईँको प्रतिक्रिया के छ ?

विधिमा अब के भन्दाखेरि भईरहेको मुख्यसचिवलाई राजीनामा गराएर अनि अर्को मुख्यसचिव लिएर आउनु त्यो विधि ठिक भएन तर व्यक्ति ठिकै हो ।

त्यसो भए व्यक्ति राम्रो हुनुहुन्छ, शंकरदास वैरागी ?

निजामती सेवामा त्यत्तिको मान्छे नराम्रो भन्न मिल्दैन् । निजामती सेवा भनेको औसतहरूकै सेवा हो । औसतमा राम्रो मान्छे हुनुुहुन्छ ।

तर तपाईँले राम्रोसँग हेर्नुभएको छ, मुख्यसचिव अहिले परराष्ट्रबाट ल्याईयो त ?

होइन, अब जो भएपनि परराष्ट्रकै मान्छे सरकारले योग्य देख्यो होला । त्यहाँ कोही न कोही त आउथ्यो । तर आउने जुन प्रक्रिया सरकारको आयो नि, राजीनामा गराएर समयसम्म बस्न नदिएर, एउटा प्रलोभन दिएर त्यो त्यति राम्रो कुरा होइन ।

तपाईँलाई थाहा छ, प्रक्रिया मिचेर मुख्यसचिव बनाईयो भनेर प्रशासकहरूको प्रतिक्रियाहरू पनि बाहिर आएका थिए । यो अवस्थामा सरकारले किन प्रक्रिया मिच्यो होला ?

निजामती सेवाको निश्चित् समयावधि हुन्छ । पाँच वर्ष मुख्यसचिवको तीन वर्ष, त्यो कार्यकाल पूरा गर्न दिनुपर्छ र सरकारले नै भनिराखेको छ कि सचिवहरू, मुख्यसचिवहरू, कर्मचारीहरू रिटायर्ड भएपछि अर्को जागिर खान्छन् । त्यसो हुँदाखेरि उनीहरूलाई कुलिङ्ग पिरियड राख्नुपर्छ भनेर भनिराखिएको छ । त्यस्तो अवस्थामा सरकारले कुलिङ्ग पिरियड नदिएर आफैले भनेका कुराहरू मिचेर नियुक्ति गरेको छ, त्यो कुरा राम्रो भएन ।

तर पनि अहिलेको अवस्थामा लोकदर्शन रेग्मी त बेलायतको राजदूत बन्नुभयो नि त । उहाँले अवसर पाउनुभयो नि त ? मुख्यसचिवबाट राजीनामा दिएकै दिन । यहाँको प्रतिक्रिया के छ ?

त्यही त । त्यो अलिक दिन पर्खिएर गरिदिएको भए हुन्थ्यो ।

यसका पछाडिका रहस्यका पाटाहरू के छन् ?

अब हेर्नुस्, के भयो भन्दाखेरि निजामती सेवा, राजनीतिमा पनि बफादारी खोज्ने प्रवृत्ति बढ्यो । योग्यभन्दा पनि बफादार को छ ? त्यो खोज्ने प्रवृत्ति बढ्यो । त्यसले एउटा के देखाउँछ भने पदमा छँदै राजनीतिक सत्ताधारीको चाकडी गरियो भनेदेखि पछि पद पाईन्छ, भन्ने प्रवृत्ति बढाउँछ ।

त्यसो भए लोकदर्शन रेग्मीले सरकारको चाकडी गर्नुभएको थियो ? प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई रिजाउनुभएको थियो ? त्यसैले उहाँले मुख्यसचिव छोड्ने बित्तिकै, राजीनामा दिनेबित्तिकै बेलायतको राजदूत हुने मौका पाउनुभयो ?

अब त्यो रिजाउने त निश्चित् रूपमा भएको थियो । अब कसरी रिजाउनुभएको थियो ? त्यो त मलाई थाहा छैन ।

तपाईँले हेर्नुभएको छ, हाम्रो देशमा प्रशासनिक क्षेत्रमा राजनीतिकरण धेरै भयो भनेर बहसमा म प्रत्येक दिन छु । अब भन्नुहोस् मलाई अहिलेको अवस्थामा जुन नियुक्तिहरू भईरहेको छ, जस्तो अमेरिकाको राजदूतमा युवराज खतिवडा आउनुभयो । प्रधानमन्त्रीले त्यसमा पनि उहाँलाई लगातार अगाडि बढाउनु भएको छ ?

अब त्यो के देखिन्छ भने उहाँहरूको राजनीतिक दलभित्रै प्रधानमन्त्रीलाई के लाग्यो भन्दा मेरो निम्ति विश्वासिलो मान्छे छैन, मप्रति बफादार मान्छे छैन भनेर आफुप्रतिको बफादारीता, मुलुकप्रतिको होइन कि आफुप्रतिको बफादारीता खोज्ने प्रवृत्ति बढ्यो ।

तपाईँले राम्रोसँग प्रशासनलाई जान्नुभएको छ । मलाई धेरैले के भनेका छन् भन्दाखेरि लोकदर्शन रेग्मीले पूरा अवधि कायम गरेको भए अन्य व्यक्तिहरूले मौका पाउँथे ।

हो, त्यो त निश्चित छ ।

चन्द्रनाथ घिमिरे, विश्वनाथ ओली र सुदन अधिकारीमध्येबाट एकले मुख्यसचिव बन्ने अवसर पाउँथे नि ?

निश्चित रूपमा प्रक्रिया चक्र छ, विभागमा । त्यो चक्रअनुसार जान्थ्यो । कसैले केही भन्दैन थियो । त्यो हुन्थ्यो, जे भए पनि । अब त्यो चक्रअनुसार भएन, चक्र त पूरा भएन । त्यो प्रवृत्तिले बढावा पाउनेजस्तो देखियो ।

होइन, शंकरदास वैरागी मुख्यसचिव भएपछि त प्रतिष्पर्धामा रहेका केदार अधिकारी र मोहनकृष्ण सापकोटाको त बाटो पनि बन्द भयो अब ?

त्यो बाटो त बन्द भयो ।

प्रतिस्पर्धा गर्न त उहाँहरूले पाउनुभएन ?

हुन त कुनै न कुनै मान्छे हुन्थ्यो । अब शंकरदास वैरागी राम्रो मान्छे हो, प्रशासनको । उहाँ हुँदाखेरि केही खराब त छैन ।

होइन खराब छैन भनेर त हामीले पनि भनिरहेका छौँ । उहाँ योग्य, सक्षम हुनुहुन्छ । वैरागीले २०४४ सालमा निजामती सेवामा प्रवेश गर्नुभएको हो । नायब सुब्बाबाट उहाँले परराष्ट्रमा प्रवेश गर्नुभएको हो । शाखा अधिकृत, उपसचिव, सहसचिव हुँदै मुख्यसचिव बन्नुभएको छ । त्यसमा हाम्रो सबैको प्रतिक्रिया सकारात्मक नै छ, नकारात्मक छैन ।

विधि र प्रक्रिया मिचियो । त्यसले गलत कुरालाई प्रोत्साहन गर्छ भन्ने मात्रै हो ।

अब मुख्यसचिवको चुनौती के के छन्, यस्तो बेलामा ? उहाँले गर्नुपर्ने काम, दायित्व र जिम्मेवारी के के हुन् त ?

अब यो मुख्यसचिवको पद धेरै संस्थागत भएको पद होइन । म पनि बसेँ । त्यसलाई संस्थागत बनाउने कोशिस गरेको हुँ तर म पनि सफल भइनँ । मुख्यसचिवको निम्ति कानुनी संरचना नै छैन । उसले गरेका कामहरू बाध्यात्मक हुनाले त्यसले गर्दाखेरि अब मुख्यसचिवले गर्नुपर्ने काम अन्र्तमन्त्रालय समन्वय हो, मूल कुरा । त्यो अन्र्तमन्त्रालय समन्वय गर्न मुख्यसचिवलाई गा¥हो किन पर्छ भनेदेखि अब सबै सचिवहरूको कानुनी अधिकार छ, मुख्यसचिवको कानुनी अधिकार संस्थागत अधिकार कमजोर भएकोले चुनौती नै चुनौती छ । गर्न नखोज्दाखेरि त्यसै बस्दा पनि हुन्छ । मन्त्रीपरिषद्ले प्रमाणित गरेर बस्दा पनि हुन्छ । त्यसो हुनाले चुनौती छैन भन्ने त होइन, चुनौती त छ । सबैभन्दा ठुलो कुरा नेपालको प्रशासनमा समन्वयको अभाव भएको, सबै परियोजनाहरू असफल भएका, सरकारले सम्पादन गर्न नसकेको परिस्थितिमा मुख्यसचिवले समन्वय गरेर प्रतिक्रिया देखाउन सक्ने अवस्था छ । ती चुनौतीहरूको बीचमा कसरी सचिवहरूलाई उत्प्रेरित गर्ने ? भनेर एउटा समन्वयात्मक ढंगले काम गर्ने भन्नेमा चुनौती मूल चुनौतीको रूपमा म देख्छु ।

अब अहिले देशमा संकट छ । अर्थतन्त्र तहसनहस भएको छ । कोरोनाको मारमा हरेक क्षेत्र परेको बेलामा मुख्यसचिवले राजनीतिक रूपमा पनि त कसरी समन्वय गर्ने ? किनभने तपाईँलाई थाहा छ, मुख्यसचिव भनेको प्रशासनिक क्षेत्रको अहिलेको अवस्थाको कुरा गर्दाखेरि उहाँको महत्वपूर्ण दायित्व र जिम्मेवारी हुन्छ । देशलाई कसरी सुधार गर्ने ? देशलाई कसरी अगाडि बढाउने ?

धेरै छन्, चुनौती । अहिले भन्नुहोस् न, कोरोनाको संक्रमण भएकै बेलामा पनि धेरै मन्त्रालयहरू संलग्न छ । स्वास्थ्य मन्त्रालयको आफ्नो जिम्मेवारी छ भने अरू मन्त्रालयहरूको पनि जिम्मेवारीहरू छन् र तिनलाई समन्वित ढंगले गरिब सीमान्तकृत जनताले खान पाएका छैनन्, औषधी पाएका छैनन् । ती जनतालाई कसरी पु¥याउने ? सबै मन्त्रालयहरूलाई एकै ठाउँमा समन्वित प्रयास गर्ने चुनौती छ । मुख्यसचिवकै चुनौती र बाध्यताहरू छन् । होइन त्यसै छाडिदिने हो, असमन्वित किसिमले भने भद्रगोल हुन्छ । त्यसो हुनाले गर्नुपर्ने काम त थुप्रै छन् नि । कामहरूलाई समन्वित प्रयासबाट देखाउने कामहरू गर्नुपर्ने र त्यसलाई संस्थागत हिसाबले जनताले सेवा सुविधा पाए भनेर सरकारसँग पत्यार बढाउने काम पनि मुख्यसचिवको हो ।

अहिलेको अवस्थामा देशको अर्थतन्त्र शिथिल हुनुको कारण के हो ?

रोजगार छैन । जनताको क्रयशक्ति छैन । आपूर्ति व्यवस्थामा कमी छ । आर्थिक मन्दी एउटा किसिमले तीनओटामध्ये एउटा किसिमले हुन्छ । या त आपूर्ति व्यवस्थामा हुन्छ, अर्को मागमा अथवा जनताको क्रयशक्ति कमजोर भयो भने पनि आर्थिक मन्दी हुन्छ, सुस्तता आउँछ । अर्को व्यक्तिगत व्यवस्थामा कमजोरी भयो भने पनि आर्थिक सुस्तता आउँछ । अहिले त तीनओटै कुरा एकैसाथ ! आपूर्ति व्यवस्था पनि कमजोर छ, हाम्रो यातायातदेखि उत्पादन केन्द्र र बजारबीचको सम्बन्ध छैन । जनताले रोजगारी गुमाएका छन् । बचत छैन, बचत भएकाहरूले पनि सामान छ, किन्न सक्दैनन् । सरकारले पैसा दिएको छैन, कुनै सहयोग गरेको छैन । त्यसले गर्दाखेरि आर्थिक सुस्तता आउँछ नि । सबै क्षेत्रका अहिले पर्यटन धरासयी भएको छ । बित्तिय व्यवस्था कमजोर छ । ऋणको माग छैन । अब यो सबै कुराहरूले गर्दा बित्तिय व्यवस्था कमजोर त छ, सुस्तता छ । त्यो आर्थिक सुस्ततालाई हटाउन चुनौती छ । अब त्यो मुलुककै चुनौती हो । अब जुन ढंगले बजारलाई चलायमान बनाउने, गरिब जनतामा आपूर्ति व्यवस्था द¥हो बनाउने काम गर्नुपथ्र्यो । सरकारले त्यो कुरा गर्न सकेन । देखिरहनुभएको छ नि, तपाईँहरूले टुँडिखेलमा, मान्छेहरू दिनैपिच्छे लाईन लागेर खान बसेको, त्यो हरिबिजोक तपाईँहरूले देखिरहनुभएको छ । कसको मन रुँदैन होला, त्यो देख्दाखेरि । तर अब सरकारलाई केही छैन, चिन्ता नै छैन ।

होइन सरकारले किन त्यता ध्यान दिएको छैन ? सरकार किन गम्भीर र संवेदनशील भएन ?

अब म पनि त्यही प्रश्न सोधिरहेको छु । किन भएन होला ? किन दुखेन होला सरकारलाई ? जनतालाई यत्रो बिपत्ति पर्दाखेरि सरकारलाई किन दुखेन ? सरकारले किन सम्बोधन गर्न सकिरहेको छैन ? सरकारले जानीजानी जनतासँगको विश्वास किन टुटाउँदैछ ? यो प्रश्न त मेरो पनि हो नि ।

अब हाम्रो देशमा अमेरिकाको राजदूतको कुरा गर्दाखेरि तपाईँले राम्रोसँग हेर्नुभएको छ, अब धेरै प्रशासनिक क्षेत्रका मान्छेहरू अमेरिकाको राजदूत बनेका छन् । युवराज खतिवडा अमेरिकाको राजदूत बन्नुभयो हिजो । प्रधानमन्त्रीले एकदम विशेष जोड गर्नुभयो । उहाँलाई किन प्रधानमन्त्रीले अगाडि बढाईरहनुभएको छ ?

मलाई त्यो थाहा छैन । तर अब के भने एउटै व्यक्ति दोहो¥याई, तेहे¥याई, चौथोचोटि, पाँचौचोटि ल्याउनुपर्ने के बाध्यता प¥यो ? या त प्रधानमन्त्रीसँग विश्वासिलो मान्छे कोही छैन, उहाँबाहेक, त्यो पनि हुनसक्छ । अर्को कुरा के भनेदेखि उहाँलाई मात्रै प्रधानमन्त्रीले सबैभन्दा योग्य सम्झिनुभयो, त्यो पनि हुनसक्छ वा उहाँको र प्रधानमन्त्रीको रसायन मिल्यो, केमेस्ट्री मिल्दाखेरि पनि हुनसक्छ । अब धेरै कारणहरू हुनसक्छन् । उहाँ अयोग्य मान्छे त होइन नि ?

होइन मान्छे त योग्य नै हुनुहुन्छ, युवराज खतिवडा । राम्रोसँग काम गरेको गर्भनर भएको, अर्थमन्त्री भएको, सबै कुरा । हामीले हेर्दाखेरि राम्रो तर पनि समस्या किन भन्दाखेरि नेपाल कम्युनिष्ट पार्टीभित्र असन्तुष्टि छ फेरि ?

अब बढ्छ किनभने उत्साही अरू अरू पनि होलान् । एउटै व्यक्तिले अब राजनीतिक नियुक्ति छ, पटक पटक पाउँदाखेरि त्यो असन्तुष्टि होला । त्यो असन्तुष्टि छैन भन्ने कुरा त आएन । तर प्रधानमन्त्रीले आफैले सोच्नुपर्ने कुरा हो, यसरी गर्दाखेरि मेरो छविमा के पर्छ ? मलाई के भन्छन् भन्ने कुरा त प्रधानमन्त्रीले सोच्नुपर्ने कुरा हो । यद्यपि जसलाई नियुक्ति गरिएको छ, उहाँले राम्रै कार्यसम्पादन गर्नुहोला भन्ने मलाई विश्वास छ । किनभने उहाँ अयोग्य मान्छे होइन । पढेलेखेको मान्छे हुनुहुन्छ । तर अर्थमन्त्रीमा उहाँको कार्यकाल त्यति सुखद रहेन ।

अर्थमन्त्रीको रूपमा बाहिर देखाउन सक्नुभएन, छवि ? अर्थतन्त्र उहाँले सुधार्न सक्नुभएन ?

भएन ।

अर्थतन्त्र त संकटमा प¥यो नि ?

जुन आँट देखाउन पथ्र्यो, यो बेलामा, जनताको निम्ति, जनताको क्रयशक्ति बढाउनको निम्ति र साना व्यवसायलाई चलायमान बनाउनका निम्ति जुन किसिमको सक्रियता देखा पर्नुपथ्र्यो, अर्थतन्त्रमा त्यो देखा परेन । भन्नुको अर्थ जसले जिम्मेवारी लिएको छ, त्यसले गर्न सकेन भन्ने देखियो ।



प्रतिक्रिया दिनुहोस्