Logo

‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण



एजेन्सी, १६ असोज । भारतीय जनता पार्टीका एकजना नेताले आफूलाई कोरोना भाइरसको संक्रमण भएमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीलाइ अंकमाल गर्छु भनेका थिए । यस्तो भन्ने ती नेता स्वयं कोरोना भाइरसको संक्रमित भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बङ्गालका भाजपा नेता अनुपम हजरालाई कोरोना संक्रमण भएको हो । उनी हालैमात्र भाजपाको राष्ट्रिय सचिव बनाइएका थिए ।
कोरोना संक्रमणपछि हजरा कलकत्तास्थित अस्पताल भर्ना भएका छन् ।

हजराले ममता बनर्जीले कोभिड १९ संक्रमित परिवारको पीडा नबुझेको भन्दै त्यस्तो प्रतिक्रिया दिएका हुन् । उनी विगतमा बेनर्जी नेतृत्वकै दल तृणामुल कँग्रेससँग आवद्ध थिए ।-तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्