Logo

गल्कोट समाज जापानको अध्यक्षमा यम खत्री



जापान, १६ असोज । जापानको ओशाका शहरमा भएको गल्कोट समाज जापानको छैटौं अधिबेसनले सर्बसम्मतीबाट गल्कोट समाज जापानको अध्यक्षमा यम खत्रीलाई चयन गरेको छ । उक्त अधिवेशनमा जापानको बिभिन्न क्षेत्रमा रहने गल्कोटेहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

नेपालको ऐतिहासिक शहर गल्कोटमा जापानमा रहेका गल्कोटेहरुले करोडौँको लागतमा समाजसेवा गरेका छन । गल्कोटबाहेक नेपालमा भुकम्प जाँदा होस वा बाढी÷पहिरोको समयमा पीडितहरुलाई उद्धार तथा राहतको लागि गल्कोटेहरुले आफ्नो तर्फबाट सहयोग गर्नको लागि कुनै कसर बाँकी राखेका छैनन् ।

नवनिर्वाचित अध्यक्ष खत्री गल्कोटमा जन्मिएर हुर्किएका हुन। समाजसेवामा तल्लिन खत्री २५ बर्ष अगाडि जापान प्रबेश गरी हाल एक सफल ब्याबसायीको रुपमा नागोयामा परिचित छन । साथै बिभन्न संघ÷संस्थाहरुसंग समन्वय गर्दै अगाडी बढ्न सक्ने क्षमता राख्ने खत्री नागोयाका नेपालीहरु माझ लोकप्रीय छन्। खत्रीलाई गल्कोट समाजले नेतृत्वमा पाउनु समाजको लागि पनि धेरै नै फाईदा हुने विश्वास लिईएको छ । अन्याय बिरुद्ध जहिले पनि आवाज उठाउने खत्री हाल जापानको नागोया बस्ने गर्दछन्।



प्रतिक्रिया दिनुहोस्