Logo

कोरोना संक्रमित ट्रम्प दम्पत्ति सैनिक अस्पताल भर्ना



वासिङटन, असोज १७ । शुक्रबार कोरोना भाइरस पुष्टि भएका अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्ति उपचारका लागि सैनिक अस्पताल भर्ना भएका छन् ।

उनी उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टरमा भर्ना भएको एजेन्सीले उल्लेख गरेको छ । संक्रमण पुष्टि भएको झण्डै १७ घण्टा पछि ट्रम्प दम्पत्ति अस्पताल भर्ना भएका हुन ।

ट्रम्पकी महिला सल्लाहकार होप हिक्समा कोरोना देखिएपछि फर्स्ट लेडी मेलानिया ट्रम्पले पनि गराएको परिक्षणमा दुबै जनालाई कोरोना पुष्टि भएको थियो । होप हिक्सलाई बिहिबार कोरोना पुष्टि भएको सीएनएनले उल्लेख गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्