काठमाडौं, १७ असोज । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद राजेन्द्र महतोले पार्टी एकताको समायोजनका गृहकार्य भैरहेको स्पष्ट पारेका छन् । उनले चाँडोभन्दा चाँडो समायोजनको काम सम्पन्न हुने विश्वास दिलाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीयता कार्यान्वयनमा देखिएका कमिकमजोरीलाई सुधार गरेर जानुको विकल्प नभएको जिकिर गरे । तर, केन्द्र सरकारले संघीयता कार्यान्वयनको लागि गम्भीरता नदेखाएको उनको टिप्पणी छ । उनले भने,‘नेपालमा संघीयतालाई धज्जी उडाउने काम भयो । संघीयता पक्षधरलाई निराश बनाउने काम भयो । जनता निराश बनाउने काम भयो । यो सब संघीयताविरोधीको षड्यन्त्र र चाल हो क्या ।’ प्रस्तुत छ पत्रकार धमलाले महतोसँग गरेको कुराकानीको पूरा भिडिओ :