Logo

बैंक अफ काठमाण्डू लिमिटेडको ग्रिन पिन सुबिधा



काठमाडौं, १७ असोज । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहकलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ । यस सुबिधाबाट बैंकको नयाँ ग्राहक महानुभावहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेपनि बैंकले जनाएको छ ।

नयाँ कार्डबाहक ग्राहकले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर ईन्टर युअर ओटिपी मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नेपनि बैंकले जनाएको छ ।

बैंकद्वारा जारी विज्ञप्तमिा भनिएको छ,‘यसपश्चात् कार्डबाहक महानुभावहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक OTP प्राप्त गर्नुहुनेछ । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको OTP प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सक्नुहुनेछ ।’

 



प्रतिक्रिया दिनुहोस्