Logo

भायानेटले ल्यायो यस वर्षको आफ्नो चाडपर्वको अफर भायानेट बडा दशैंमा बडा टिभी



काठमाडौं, १७ असोज । विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर “भायानेट बडा दशैंमा बडा टिभी” आफ्ना ग्राहकहरुका लागि ल्याएको छ ।

कम्पनीका अनुसार नेपालीहरुको महान् चाड दशैं र तिहारको उपलक्ष्यमा “भायानेट बडा दशैंमा बडा टिभी” नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ । यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ Skyworth LED TV को साथ ३० mbps इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु. ४१,९९० प्राप्त गर्नेछन् भने ३२ Skyworth LED TV को साथ ३० mbps इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु. २८,९९० प्राप्त गर्नेछन् ।

यति मात्र होइन, यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको रु. ६५० सम्मको क्यास भाउचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरुले थप रु. ६०० सम्मको छुट पनि प्राप्त गर्नेछन् । भायानेटको दावी छ कि ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५% भन्दा बढीको छुट पाउने छन् र भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने LED TV मा स्मार्ट टिभीको फिचरको मजा लिन सकिनेछ ।

भायानेट आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि मात्र होइन ग्राहकहरुलाई केही विशेष प्रदान गर्नको लागि सधंै लागिपरेको हुन्छ । यस अफरका साथ भायानेटले यो चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुशी बाँड्न र रोमाञ्च प्रदान गर्न खोजेको छ ।



प्रतिक्रिया दिनुहोस्