Logo

शनिबार काठमाडौंमा  ११७७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,  १७ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ११  सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २१  सय  २० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ११ सय ७७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले   १२ हजार  ९ सय  ७८  जनाको पिसीआर परिक्षणमा  २१ सय २० जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  २०४४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ६२ हजार  ७ सय  ४० रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  १००१ जना र ललितपुरका १०९ जना र भक्तपुरका  ६७ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ८४ हजार ५  सय  ७० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्