Logo

भेक्टरद्वारा निर्माण गरिएको भ्याक्सिनको तेस्रो परिक्षणमा बच्चा र गर्भवती महिला सहभागी नगराइने



एजेन्सी, १७ असोज । रुसको भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजीद्वारा निर्माण गरिएको कोरोनाविरुद्वको भ्याक्सिनको तेस्रो चरणको परिक्षण हुने भएको छ । उक्त परिक्षणमा बच्चा र गर्भवती महिलालाई सहभागी नगराइने भएको विषयलाई रुसी उपभोक्ता अधिकार संरक्षण र मानव कल्यानद्वारा शुक्रबार सार्वजनिक गरिएको हो ।

भेक्टरद्वारा निर्माण भएको एपी भ्याक कोरोना भ्याक्सिनलाई महिला र बच्चा माथि प्रयोग गरिने विषय कम्पनीद्वारा कुनै योजना तत्काल नरहेको स्पष्ट पारिएको छ । परिपक्क उमेरका मानिसमाथि पहिले प्रयोग गरी मात्र बच्चाहरुमाथि प्रयोग गरिने बुझिएको छ । परिक्षणको सुरुवात सर्वप्रथम १५–१७ वर्षको व्यक्तिमाथि प्रयोग गरिने, त्यसपश्चात १०–१४ वर्षसम्म, त्यसपछि ६–९ वर्षलाई, त्यसपछि २–५ वर्षलाई, त्यसपछि ७ देखि २४ महिनाको बच्चामाथि प्रयोग गरिनेछ । ]

परिपक्क उमेरका व्यक्तिमाथि प्रयोग हुने भ्याक्सिनको नतिजा साकारात्मक देखिए मात्र बच्चाहरुमाथि ६ चरणमा परिक्षण हुने जनाइएको छ । गर्भवती महिलामाथि प्रयोग गर्नु भन्दा पहिले गर्भवती जनावरमाथि प्रयोग गरिने जनाइएको छ । जनावरमा प्रयोग डिसेम्बरमा हुनेछ । एपी भ्याक कोरोनाको हाजसम्म कुनै नाकारात्मक नतिजा नआएको कम्पनीले स्पष्ट पारेकोछ । भेक्टर रिसर्चले जुलाई २४ मा रुसी स्वास्थ्य मन्त्रालयबाट परिक्षण गर्न अुनमति पाएको थियो । ३० सेप्टेम्बरमै भ्याक्सिन परिक्षणको लागी तयार भइसकेको जनाइएको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्