Logo

कोरोनासँग जुधिरहेका ट्रम्पले भने- म फेरि फर्कनुपर्छ किनभने अमेरिकालाई फेरि महान बनाउनुपर्छ



एजेन्सी, १८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू छिट्टै अस्पतालबाट फर्कने बताएका छन् । भिडियो सन्देशमार्फत् उनले स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए ।

वाल्टर रिड नेस्नल मिलिटरी मेडिकल सेन्टरबाट भिडियो सन्देश दिदै उनले आफू अस्पताल आउँदा अप्ठ्यारो हालतमा रहेकोमा अहिले राम्रो अवस्थामा रहेको बताए । उनले भने, ‘म फेरि फर्कनुपर्छ किनभने हामीले अमेरिकालाई फेरि महान बनाउनुपर्छ ।’ उनी कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् ।

केही दिनहरु परीक्षणको घडी हुने समेत बताए । उनले कोरोना संक्रमणसँग लडिरहेका सबैलाई धन्यवाद व्यक्त गरे ।-फाइल तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्