Logo

बेलायतमा पछिल्लो समयमा ठूलो संख्यामा कोरोना भाइरसका सङ्क्रमित बढ्दै



१८ असोज: बेलायतमा फेरि पनि कोभिड-१९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ ।लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर भएको त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

गएको शुक्रबार मात्र त्यहाँ ७ हजार १४३ जना संक्रमित भेटिएकोमा त्यहाँ गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झण्डै दोब्बर संख्यामा संक्रमित भेटिएका हुन् ।

तर पनि त्यहाँका स्वास्थ्य अधिकारीहरुले प्राविधिक कारणले यो संख्या बढी देखिएको र यसअघिका दिनहरुमा यो संख्या समावेश नगरिएकोले शनिबार अहिलेसम्मकै सबैभन्दा बढी देखिएको बताइएको छ ।

त्यहाँ हरेक दिन ठूलो संख्यामा नयाँ सङ्क्रमितहरु थपिएका बताइएको छ । त्यहाँ अहिलेसम्मका सङ्क्रमितको संख्या ४ लाख ८० हजार १७ जना पुगेको छ ।

केही समययतादेखि देखिएका त्यहाँका संक्रमितहरुमा शनिबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब त्यहाँ पनि सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको छ ।

लन्डनमा कोभिड-१९ को अवस्था सामान्यजस्तो देखिएकोले त्यहाँको जनजीवनलाई पनि सामान्य बनाइएको थियो । तर, पनि गएका केही हप्तादेखि यहाँ ठूलो संख्यामा संक्रमितहरु देखिएका छन् ।

बेलायतमा यो सङ्क्रमणको दोस्रो वेभ आएको बताइएको छ । त्यसैले त्यहाँका कतिपय सार्वजनिक सेवाहरुमा पनि कडाई गरिएको बताइएको छ ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्