Logo

 ग्यापुमा सपिङ गर्दा प्रभुको मोबाइल टिभी सित्तैमा; प्रभु पेको ५ सय क्यास ब्याक पनि



काठमाडौं, १८ असोज । दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सकृप्सन सहित ओटिटि(मोबाइल टिभि)  नि:शुल्क प्राप्त गर्ने भएका छन्।  ग्यापुमा सपिङ गर्ने उपभोक्ताले प्रभु पेको मोबाइल वालेट बाट पैसा तिरेको खण्डमा  १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए।

प्रभु पेले ग्यापुमा सपिङ गर्ने उपभोक्ता मध्ये हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकलाई एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभि दिने जनाएको छ। त्यस्तै दशै धमाकाको अन्त्यमा एक जना लक्की ग्राहकलाई प्रभु पेको तर्फबाट एउटा वासिङ मेसिन पाउने खड्काले बताए।



प्रतिक्रिया दिनुहोस्