Logo

काठमाडौंमा एकैदिन १५९९ जना कोरोना संक्रमित थप



काठमाडौं,१८ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन १५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २२  सय ५३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १५ सय ९९ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२  हजार ७ सय  ८४  जनाको पिसीआर परिक्षणमा २२  सय ५३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १३२९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ६४ हजार ६९   रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  १३७३ जना र ललितपुरका १८७ जना र भक्तपुरका  ३९ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ८६ हजार ८ सय २३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्