Logo

नेप्से परिसूचक करिब १५ अंक बढ्यो, कारोबार रकम ३ अर्बभन्दा बढी



काठमाडौँ १८ असोज। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब १५ अंक बढेको छ। गत साताको अन्तिम कारोबार दिन २०.६१ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको नेप्से यस दिन १४.७१ अंक बढेर १५८५.७५ विन्दुमा पुगेको छ।

यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ। आइतबार १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको १ कराेड ७ लाख १३ हजार ३१२ कित्ता शेयर खरिदबिक्री भएको छ। गत साताको अन्तिम कारोबार दिन २ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो। कारोबारमा आएका अधिकांश उपसमूहको परिसूचक बढेसँगै यस दिन नेप्सेमा पनि सुधार देखिएको हो।

आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग, व्यापार, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२१ प्रतिशत घटेको छ भने हाइड्रोपावरको १.१८ प्रतिशत घटेको छ।-मेरोलगानी/File photo



प्रतिक्रिया दिनुहोस्