काठमाडौं, १९ असोज । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले काठमाडौं उपत्यका प्रवेशमा सुरुवातमै कडाई गर्न नसकेको र जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पुनले यस्तो बताएका हुन् । उनले पछिल्लो पटक मानिसहरुले सामाजिक दूरी पालना नगरेको र सही तरिकाले मास्क नलगाएको गुनासो पनि पोखे ।