Logo

बामदेवका परिवारसहित सहयोगी र सुरक्षाकर्मीको कोरोना टेष्ट, सबैको रिपोर्ट नेगेटिभ



काठमाडौं, १९ असोज । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको परिवार, सुरक्षाकर्मी र सहयोगीको कोरोना भाइरसको परीक्षण भएको छ । परिवारका ६ जना, ३ जना सहयोगी र १७ जना सुरक्षाकर्मी गरी २६ जनाको परीक्षण गरिएकोमा सबैको नेगेटिभ नतिजा आएको छ ।

बामदेवका एक सहयोगीका अनुसार हिजो रिपोर्ट आएको थियो । प्रमुख राजनीतिक दलका सुरक्षाकर्मी र सहयोगीलाई धमाधम कोरोना भाइरसको संक्रमण पुष्टि हुनथालेपछि भैंसेपाटीस्थित गौतम निवासमा खटिएका सुरक्षाकर्मी र सहयोगीसहित परिवारका सदस्यको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्