काठमाडौं, १९ असोज । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले पशुपति क्षेत्र विकास कोष खारेजीको माग राख्दै आज धर्ना दिएको छ । आज विहान साँढे नौ बजेदेखि ११ बजेसम्म उनीहरुले पशुपति क्षेत्रमा पुगी धर्ना दिएका हुन् । उनीहरुले धर्मको नाममा व्यपारीकरण बन्द गर, ठेकेदारी प्रथा बन्द गर, भ्रष्ट सदस्य सचिव र पदाधिकारीहरु राजीनामा दे भन्दै आज पशुपतिनाथ मन्दिर परिसरमा धर्ना दिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए ।
PHOTO BY : Mukunda Kalikote/ReportersNepal