Logo

बसमा तोडफोड गरेको अभियोगमा पक्राउ



काठमाडौं, १९ असोज । बसमा तोडफोड गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका शविमन्दिरस्थित सडक किनारमा पार्किङ गरी राखेको बा.४ ख ८८४५ नम्बरको बसमा तोडफोड गरेको अभियोगमा काठमाडौं मित्रनगर बस्ने सुनसरी धरानका सन्तोष विक लगायत २ जना पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरी बसमा ढुङ्गा र इँट्टाले प्रहार गरी फरार भएका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्