Logo

तनहुँमा एकैदिन २४ फरार पक्राउ



तनहुँ, १९ असोज । तनहुँका विभिन्न स्थानबाट एकैदिन २४ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २४ जना फरार प्रतिवादीहरु विभिन्न स्थानबाट आइतबार पक्राउ परेका हुन् ।

जसमध्ये जिउ मास्ने बेच्ने मुद्दामा जिल्ला अदालत तनहुँको २०४९ मंसिर ८ गतेको फैसलाले २ बर्ष ८ महिना २२ दिन कैद सजाय भई फरार रहेका देवघाट गाउँपालिका घर भएका बन्दिपुर गाउँपालिका खड्क बहादुर दमै, लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङको २०६८ पुस २५ गतेको फैसलाले २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना भई फरार रहेका तनहुँ भानु नगरपालिकाका प्रभु ढकाल, सवारी ज्यान मुद्दामा फरार रहेका १ जना, कर्तव्य ज्यान मुद्दामा फरार १ जना, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार ७ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार २ जना, केही सार्वजनिक अपराध मुद्दामा फरार ५ जना, दर्ता बदर सार्बजनिक गरीपाउ मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार १ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा २४ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

सवैजनालाई तोकिएको जरिवाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्