Logo

१० किलो गाँजा सहित पक्राउ



मकवानपुर,१९ असोज । अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका लेवर्टबाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका बस्तीपुरका बिरु तामाङ्, कैलाश गाउँपालिकाका सृजना तामाङ र सोही ठाउँ घर भएका प्रकाश तामाङ् रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले नेवारपानीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.१ ज ००१२ नम्बरको म्याजिक गाडीलाई जाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गाँजा सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्