Logo

मंगलवार के गर्ने हुने र के गर्न नहुँने



मंगलवारको दिन प्रकृति उग्र हुन्छन् । मंगलवार हनुमान र मंगलदेवको दिन हो । रातो किताब अनुसार मंगल घाटीका देवता हनुमान र बदको देवता वेताल हुन् । हरेक कार्यको मंगलकारी परिणाम प्राप्त गर्नको लागि मंगलवारको दिन उपवास बस्नुपर्छ ।

मंगलबार यी कार्य गर्नुः

  • यस दिन रातो चन्दन वा चमेलीको तेलमा मिश्रित सिन्दुर लगाउने
  • मंगलवार ब्रहचार्यको दिन हो । यो दिन शक्ति एकत्रित गर्ने दिन पनि हो ।
  • दक्षिण, पुर्व, आग्नेय दिशामा यात्रा गर्न सकिन्छ ।
  • सौर्य कार्य, विवाह कार्य वा शस्त्र अभ्यास आरम्भ गर्न यो दिन उचित दिन हो ।
  • बिजुली, अग्नी वा धातुहरुसँग सम्बन्धित वस्तुको क्रय विक्रय गर्न राम्रो हुन्छ ।
  • मंगलवार ऋण चुकाउने उत्तम दिन मानिन्छ । यस दिनमा ऋण चुक्ता गरेमा फेरी ऋण लिनेको आवश्यकता पर्दैन् ।

निम्नलिखित उपाय गर्न सकिन्छः

  • मंगलवार नीमको रुखमा बेलुका जल चढाउने र चमेलीको तेलमा बत्ती बाल्ने
  • मंगलवारको दिन व्रत बसेर हनुमानको उपासना गर्ने
  • मंगलवारको दिन तन्दुरी रोटी कुकुर र गाईलाई खुवाउने ।
  • बहिनी तथा फुपुलाई रातो कपडा दान गर्ने ।
  • यस दिनमा रातो कपडा, फुल, चन्दन र मिठाई चढाउँदा कामना पुरा हुन्छ ।
  • मंगलवार मन्दिरमा ध्वजा चढाउँदा आर्थिक समृद्धि हुन्छ ।

यी कार्य मंगलवार गर्नुहुँदैनः

  • मंगलवार यौन सम्बन्धको लागि खराब दिन हो । यस दिनमा यौन सम्र्पक राख्नबाट बच्नुपर्छ ।
  • मंगलवार नुनु र घिउ खान हुँदैन । यसले स्वास्थ्यमा असर गर्छ ।
  • मंगलवार पश्चिम, वायल्स र उत्तर दिशामा यात्रा गर्नु वर्जित छ ।
  • मंगलवार मासु खानु सबैभन्दा नराम्रो हो, मासु खानाले राम्रो जीवनमा तुफान आउनसक्छ ।
  • मंगलवार कसैलाई ऋण दिनुहुँदैन । फिर्ता आउन गाह्रो हुन्छ ।
  • यस दिनमा दाजुभाईबीच झगडा गर्नुहुँदैन । धार्मिक ग्रन्थको आधारमा


प्रतिक्रिया दिनुहोस्