Logo

उपत्यकामा एकैदिन १५३१ कोरोना संक्रमित



काठमाडौं,१९ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २४  सय ४० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १५ सय ३१ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १३ हजार  ७ सय  ७८  जनाको पिसीआर परिक्षणमा २४  सय ४० जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ११३१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ६५ हजार २  सय २  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ११७८ जना र ललितपुरका २५० जना र भक्तपुरका  १०३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  ८९ हजार  २ सय  ६३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्